stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

कोरोना महामारीबीच स्वदेश छाड्न खोज्दै छन् युवा

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । चितवनका रामकृष्ण खतिवडा गत माघमा बहिनीको विवाहका लागि भन्दै घर बिदामा नेपाल आए । बहिनीको विवाह सम्पन्न भयो तर उनी आफूले काम गर्दै आएको देश जापान फर्कन सकेनन् ।

त्यस्तै, अर्का युवा केदार कार्कीलाई पनि आफू काम गर्दैै आएको मुलुक जापान फर्कन मन छ । उनले जापान फर्कन धेरै प्रयास गरे ।

तर, कोरोना भाइरस (कोभिड–१९) महामारीबाट सिर्जित समस्याका कारण खतिवडा र कार्की दुवै कार्यक्षेत्रमा फर्कन सकेनन् । कोरोना भाइरसका कारण अन्तर्राष्ट्रिय उडान सञ्चालन हुन नसक्दा उनीहरू समयमै आफ्नो कार्यथलो मुलुक जान नपाएका हुन् ।

त्यसो त अहिले लामो समयदेखि धेरै देशमा अन्तर्राष्ट्रिय उडान हुन सकेका छैनन् । कतिपय देशले त अन्य देशका नागरिकलाई प्रवेशमा समेत रोक लगाइरहेका छन् । तर, पछिल्ला केही दिनमा भने अन्तर्राष्ट्रिय उडानका लागि ‘हरियो बत्ती’ बल्न थालेको छ । त्यसैले खतिवडा र कार्की पनि जापान जान खोजिरहेका हुन् ।

पछिल्ला केही दिनदेखि जापान जान ‘नो अब्जेक्सन लेटर’ लिन जापानी राजदूतावासअघि भीड लाग्न थालेको छ । नेपालमा पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या बढिरहेको बेला उनीहरूले स्वदेश छाड्न खोजेका हुन् ।

अहिले जापानको रोजगारदाता कम्पनी आफैंले काम विशेषले र बिदामा आएकाहरूलाई तुरुन्त फर्कन भनेकाले उनीहरूले स्वदेश छाड्न खाजेका हुन् । रोजगारदाता कम्पनीले बोलाएको समयमा पुगिँदैन कि भन्ने डर पनि उनीहरूमा देखिन्छ । नपुगेको खण्डमा रोजगारीमै असर पर्ने भय पनि उनीहरूमा देखिन्छ ।

चितवनका खतिवडाले जापान सरकारले आफूहरूलाई प्रवेश गराउने भनेकाले नो अब्जेक्सन लेटर लिन लाइनमा बस्नुपरेको सुनाए । उनले गत शुक्रबार आफूले फाराम बुझाई टोकन लिएर गएको र बुधबार नो अब्जेक्सन लेटर लिन लाइनमा बसेको सुनाए ।

पाँच वर्षअघि उच्च शिक्षा अध्ययनका लागि जापानको नारिता पुगेर अध्ययनसँगै काम गरी बिदामा घर आएको जानकारी गराउँदै खतिवडाले भने, ‘अहिले काम गरिरहेको रोजगारदाता कम्पनीले जतिसक्दो चाँडो आउनू भनेको छ, अब चार्टर उडानको बढी भाडा तिरेरै भए पनि फर्किने मनस्थिति बनाएको छु ।’

रोजगारदाताले बोलाएको बेला पुगिएन भने यहाँ बेरोजगार भएर बस्नुपर्ने र घरपरिवारको खर्च धान्नै मुस्किल हुने अवस्था आउन सक्ने चिन्ताले जतिसक्दो छिटो नो अब्जेक्सन लेटर लिएर फर्किन लागेको उनको भनाइ छ ।

सोही लाइनमा बसेका अर्का युवा कार्कीले पनि पाए आगामी १ भदौबाट खुल्ने भनिएको नियमित व्यावसायिक उडान र नपाए बढी भाडा तिरेरै भए पनि चार्टर उडानबाट जापान जान लागेको बताए ।

कार्कीले पनि खाइपाइ आएको जागिर गुमेको अवस्थामा नेपाल बसेर बाँच्न नसकिने देखिएकाले नो अब्जेक्सन लेटर लिए फर्किन लागेको बताए ।

लकडाउन अघि र लकडाउनकै अवधिमा चार्टर उद्धार उडान मार्फत स्वदेश आएकाहरू अहिले फेरि त्यसतर्फ जान आवश्यक तयारी गरिरहेका हुन् ।

अहिले महाराजगन्ज पानीपोखरीस्थित नेपालका लागि जापानी दूतावास अगाडिको सडकपेटीमा दैनिक युवाहरूको ठूलो लाइन लाग्न थालेको छ । गत शुक्रबारदेखि यस दूतावासअगाडि दैनिक सयौंको संख्यामा ‘नो अब्जेक्सन लेटर’ लिनेहरूको भीड लाग्ने गरेको छ ।, यो समाचार आजको राजधानी दैनिकमा मधुजंग पाण्डेले लेखेका छन् ।

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long