citizens life insurance long ad
stcnepal long ad

मानुषी लघुवित्त वित्तीय संस्थाको चैत १० गते छैठौं वार्षिक साधारणसभा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत १० गते आइतबार छैठौं वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीको फागुन १६ गते बसेको सञ्चालक समितिको बैठकले भक्तपुरको जगातीस्थित होटल भ्यू भक्तपुरमा बिहान साढे १० बजे साधारण सभा बस्ने निर्णय गरेको हो।

साधारण सभामा कुनै पनि लघुवित्तसँग मर्जरका लागि आवश्यक सबै काम गर्न र प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पेश गरिनेछ।

साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गरी चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणको विषय पनि सभाले टुङ्ग्याउनेछ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले फागुन २५ गते बुक क्लोज गर्ने भएको छ। बुक क्लोजको आधारमा फागुन २३ गतेसम्म कायम शेयरधनी मात्र साधारण सभामा भाग लिन सक्नेछन्।

IME Life
kumari