जीवन विकास लघुवित्त वित्तीय संस्थाको लिलामी शेयर भर्ने आज अन्तिम दिन

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले ८ लाख कित्ता लिलामी शेयर भर्ने आज (फागुन ४) अन्तिम दिन रहेको छ ।
लघुवित्तले संस्थापक शेयरधनी प्रभु क्यापिटलको स्वामित्वमा रहेको संस्थापक शेयर बिक्रीमा राखेको हो । यो शेयर विद्यमान संस्थापक शेयरधनी, जोकोही व्यक्ति वा कम्पनीले किन्न पाउनेछन् ।
शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५५० रुपियाँ तोकिएको छ । शेयर खरिदका लागि आवेदन दिँदा घटीमा १ हजार कित्ता र बढीमा सम्पूर्ण कित्ता शेयर खरिदका लागि आवेदन दिन सकिनेछ ।