आज उपकार लघुवित्त वित्तीय संस्थाको छैटौं वार्षिक साधारणसभा
काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको छैटौं वार्षिक साधारणसभा आज बस्दैछ । वित्तीय संस्थाले यसपटक लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव समावेश गरेको छैन ।
लघुवित्तको विशेष प्रस्तावमा अन्य लघुवित्त संस्थासँग मर्जर र सो सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव तय भएको छ ।
त्यस्तै, साधारण सभामा गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षण प्रतिवेदनसहित अन्य वित्तीय विवरण छलफल गरी पारित गर्ने, चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश हुनेछ ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस ८ गते एक दिन बुक क्लोज गरिसकेको छ । पुस ७ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन सक्नेछन् । साधारण सभा होटल सेन्टर प्लाजा, कोहलपुर, बाँकेमा बिहान ११ बजेदेखि शुरु हुनेछ ।