लक्ष्मी सनराइज बैंकको साधारणसभा आज
काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडको साधारण सभा आज (पुस २४ गते बुधबार) बस्दैछ ।
साधारण सभामा चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र ०.२६ प्रतिशत नगद लाभांश (करसहित) वितरणको प्रस्ताव पेश हुनेछ ।
साथै गत आर्थिक वर्षको वित्तीय विवरणहरू पारित गर्ने, चालू आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिनेलगायतका एजेन्डा पनि सभामा पेश गरिनेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस १७ गते बुधबार बुक क्लोज गरिसकेको छ । त्यसैले पुस १६ गतेसम्म कायम शेयरधनीले प्रस्तावित लाभांश पाउनुका साथै साधारण सभामा सहभागी बन्न पाउनेछन् । साधारणसभा अग्रवाल भवन कमलपोखरी, काठमाडौंमा बिहान ११ बजे बस्नेछ ।