citizens life insurance long ad
stcnepal long ad

आशा लघुवित्तका शेयरधनीको डिम्याट खातामा बोनस शेयर जम्मा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको मंसिर ७ गते बसेको साधारणसभाले पारित गरेको १४.२५ प्रतिशत बोनस शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा भएको छ।

कम्पनीले कात्तिक २४ गतेसम्म कायम शेयरधनीको डिम्याट खातामा बोनस शेयर जम्मा गरिएको जनाएको छ।

साथै कम्पनीले हालसम्म पनि शेयर डिम्याट नगरेका शेयरधनीलाई यथाशीघ्र डिम्याट खाता खोली शेयर डिम्याट गर्न समेत आग्रह गरेको छ।

बोनस शेयर सोझै शेयरधनीको डिम्याट खातामा पठाइने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।कम्पनीको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।

IME Life
kumari