citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

काठमाडौँ महानगरपालिकाले ३२ वटा वडामध्ये दश वडामा फोहरमैला वर्गीकरण योजना कार्यान्वयन

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । काठमाडौँ महानगरपालिकाले ३२ वटा वडामध्ये दश वडामा फोहरमैला वर्गीकरण योजना कार्यान्वयनमा ल्याएको छ ।

यस अवधिमा वडा नं ५, ७, १०, १२, १९, २०, २४, २५, २६ र २७ गरी १० वटा वडामा फोहरमैला वर्गीकरण योजना कार्यान्वयनमा ल्याइएको हो । कामपाले यो योजना ल्याएको लामो समय भए पनि पूर्णअभ्यास गरी प्रभावकारी कार्यान्वयनमा अहिले ल्याइएको कामपाका वातावरण विभागकी प्रमुख सरिता राईले जनाकारी दिइन ।

चालु आवमा सबै वडामा उक्त अध्यास कार्यन्वयनमा ल्याइने छ भन्दै वर्गीकरण गरी सङ्कलन गरिएको फोहरमात्र अन्तिम व्यवस्थापनस्थल बञ्चरेडाँडामा लागिने उनले उल्लेख गरिन् ।

रानीपोखरी, कमलपोखरी, हिटिपोखरी, गहनापोखरी, नागपोखरी लगायत विभिन्न १० वटा पोखरीको नियमित सफाइ गरेर त्यहाँबाट उत्पादन भएको फोहर त्यसै ठाउँमा जैविक मल बनाउने काममा पनि विभागको अग्रसरता रहेको छ ।

रत्नपार्क, रानीपोखरी, बालाजुपार्क, शङ्खपार्क, पुष्पलालपार्क र ४० वटा सामुदायिक विद्यालयबाट उत्पादन  भएको  फोहरबाट जैविक  मल बनाउने कार्य प्रारम्भ भएको विभागकी प्रमुख राईले बताइन् ।

नियमित र आकस्मिक नदी सफाइ कार्यक्रमअन्तर्गत महानगरपालिका भएर बग्ने आठ वटा नदी र नदी किनाराको सफाइका लागि गत कात्तिकदेखि एक सय २० जना सरसफाइकर्मी परिचालन गरिएको भन्दै उनीहरूले दैनिक २० देखि २५ मेट्रिक टन फोहर सङ्कलन गरिरहेका उनले जानकारी दिइन् ।

सहरको भूगोललाई छ वटा क्षेत्रमा बाँडेर क्षेत्रगत रूपमा फोहरमैला सङ्कलन र ढुवानीका लागि सार्वजनिक खरिद प्रक्रियाबाट बोलपत्रदाता आह्वान गरिएको छ । “अहिले यसको मूल्याङ्कन भइरहेको छ”, राईले भनिन ।

चालु  आर्थिक वर्षका  लागि वातावरण  व्यवस्थापन  विभागलाई  रु. ६९ करोड ९३ लाख  बजेट परेको छ । विभागका प्रमुख राईका अनुसार यस अन्तर्गत नियमित कार्यक्रममा ११ दशमलव २१, क्रमागततर्फ ११ दशमलव ७२ र स्वर्णिम योजनामा शून्य दशमलव ६३ प्रतिशत खर्च भएको छ ।

साथै कामपाले सहरलाई थप सफा राख्न खुला रूपमा फोहरमैला बाल्न निषेध गरेको छ । कसैले खुला रूपमा फोहरमैला बालेर वायु प्रदूषण गरे वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन तथा आर्थिक ऐन बमोजिम कारबाही गर्ने बारे कामपाले सूचनामा जारी गरिसकेको छ ।

कामपा क्षेत्रमा खुला रूपमा प्लास्टिकजन्य फोहरमैला तथा अन्य फोहर जलाउने जस्ता कार्यले वायु प्रदूषण वृद्धि हुने र जनस्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने हुँदा यस्ता कार्यलाई प्रतिबन्ध लगाइएको कामपाले जनाएको छ ।

gold
himalayan life insurance long ad