मितेरी डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (पुस १४) अन्तिम दिन रहेको छ ।
बैंकले साधारण सभा तथा लाभांश प्रयोजनार्थ पुस १६ गते मंगलबार बुक क्लोज गर्दैछ । भोलि (सोमबार) तमु ल्होसारको सार्वजनिक बिदा भएकाले शेयर बजार खुल्दैन । त्यसैले आजसम्म शेयरधनी बनिसक्नुपर्नेछ ।
साधारण सभामा चुक्ता पुँजीको ९.५०७९ प्रतिशत बोनस शेयर र ०.५००४ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।
साधारण सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहित वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने, चालू आवका लागि लेखापरीक्षकका नियुक्ति गर्नेछ ।
त्यस्तै अन्य बैंक वा वित्तीय संस्थासँग मर्जरमा जान र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा पेश हुनेछ ।
बैंकको १९औं साधारणसभा पुस २७ गते बस्दै छ । साधारण सभा, सुनसरी उद्योग वाणिज्य संघ, धरान, सुनसरीमा बिहान ११ बजे शुरु हुनेछ ।