stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

मितेरी डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (पुस १४) अन्तिम दिन रहेको छ ।

बैंकले साधारण सभा तथा लाभांश प्रयोजनार्थ पुस १६ गते मंगलबार बुक क्लोज गर्दैछ । भोलि (सोमबार) तमु ल्होसारको सार्वजनिक बिदा भएकाले शेयर बजार खुल्दैन । त्यसैले आजसम्म शेयरधनी बनिसक्नुपर्नेछ ।

साधारण सभामा चुक्ता पुँजीको ९.५०७९ प्रतिशत बोनस शेयर र ०.५००४ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।

साधारण सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहित वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने, चालू आवका लागि लेखापरीक्षकका नियुक्ति गर्नेछ ।

त्यस्तै अन्य बैंक वा वित्तीय संस्थासँग मर्जरमा जान र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा पेश हुनेछ ।

बैंकको १९औं साधारणसभा पुस २७ गते बस्दै छ । साधारण सभा, सुनसरी उद्योग वाणिज्य संघ, धरान, सुनसरीमा बिहान ११ बजे शुरु हुनेछ ।

prabhu mahalaxmi
kumari bank
kumari