stcnepal long ad
global ime bank long

साउन ४ गतेदेखिसूर्योदय वोमी लघुवित्तले एफपीओ निष्काशन गर्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन ४ गतेदेखि सर्वसाधारणमा थप सार्वजनिक निष्काशन (एफपीओ)गर्ने भएको छ ।

लघुवित्त कम्पनीले ४६ लाख ७२ हजार ९५४ रुपैयाँ ५० पैसा रकम बराबरको ४६ हजार ७२९ दशमलव ५४५० कित्ता एफपीओ शेयर निष्काशन गर्न लागेको हो ।

साविक सूर्योदय र वोमी लघुवित्त मर्ज भई बनेको सूर्योदय वोमी लघुवित्तको कुल चुक्ता पूँजी ९१ करोड सात लाख ८२ हजार ५०८ रुपैयाँ ५० पैसामा संस्थापक शेयरधनीको स्वामित्व ७० दशमलव ३६ प्रतिशत र सर्वसाधारणको स्वामित्व २९ दशमलव ६४ प्रतिशत रहेकोे छ ।

राष्ट्र बैंकले मर्जरका लागि अन्तिम स्वीकृति दिंदा दिएको निर्देशन अनुसार कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने भएकाले कम्पनीले सर्वसाधारणतर्फको हिस्सा बढाएर ३० प्रतिशत पुर्याउन एफपीओ जारी गर्न लागेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले एफपीओ निष्काशन गर्न लागेको हो । यसमा खरीदकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा एक हजार कित्ता शेयरको माग सहित आवेदन दिन पाउनेछन् ।

एफपीओमा पूर्ण आवेदन परेको खण्डमा साउन ८ गतेनै निष्काशन बन्द गरिनेछ भने ८ गतेसम्म पनि पूर्ण आवेदन नपरेको खण्डमा साउन १८ गते निष्काशन बन्द गरिनेछ ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयका साथै मेरो शेयर अनलाइनमार्फत् आवेदन दिन सक्नेछन् ।

कम्पनीले एफपीओ निष्काशनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले ‘केयर एनपी बीबी (आईएस) डबल बी इस्योर रेटिङ दिएको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

IME Lifesidebar
kumari