sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

एनएमबि लघुवित्तको ११ औं वार्षिक साधारण सभा असार २१ गते

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एनएमबि लघुवित्तको ११ औं वार्षिक साधारण सभा असार २१ गते बस्ने भएको छ । साधारण सभामा कम्पनीले लाभांशसम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन ।

यसअघि नै कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश वितरण नगर्ने जनाइसकेको छ ।

साधारण सभाले संस्थापक सेयरधनीहरुको तर्फबाट १ जना र सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्नेछ ।

साथै, स्वतन्त्र सञ्चालकको नियुक्ति तथा एमएबि बैंकबाट प्रतिनिधित्व गर्ने सञ्चालकको नियक्ति पनि अनुमोदन गर्ने प्रस्ताव रहेको छ ।

अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धी कार्य गर्न तथा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ ।

आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले असार ७ गते बुक क्लोज गरिसकेको छ । असार ६ गतेसम्म कायम रहेका सेयरधनीले मात्र साधारण सभामा भाग लिन सक्नेछन् । साधारण सभा, होटल बाराही पोखरामा बिहान ११ः३० बजेबाट सुरु हुनेछ ।

gold
prabhu bank
nawakantipur long