citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

अभियान लघुवित्तको साधारण सभा आज असार ६ गते 

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । अभियान लघुवित्तको वार्षिक साधारण सभा आज असार ६ गते बिहीबार बस्दै छ । साधारण सभामा यस कम्पनीले लाभांशसम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन । साधारणसभामा आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।

आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । साथै, अन्य उपयुक्त वित्तीय  संस्थासँग  मर्जर अथवा  एक्विजिशन सम्बन्धि कार्य गर्न तथा बैंकको  प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ २१ गते बुक क्लोज गरिसकेको छ । तसर्थ जेठ २० गतेसम्म कायम सेयरधनीले मात्र साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

साधारण सभा ताम्राकार पार्टी भेन्यु, पनौती न.पा वडा –४, काभ्रेपलाञ्चोकमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

himalayan life insurance
igi long