stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी विरेन्द्र कुमार साहको नाममा रहेको १३ लाख ८७ हजार २५८ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

यो शेयर हाल कुमारी बैंकका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउनेछन् । शेयर किन्न चाहने शेयरधनीले ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार, कुमारी क्यापिटल वा बैंकको प्रधान कार्यालयमा निवेदन दिनु पर्नेछ । शेयरको मूल्य भने बिक्रेताले तोकेबमोजिम हुनेछ ।

उक्त  समयभित्र  संस्थापकहरूले शेयर नकिनेमा सो शेयर सर्वसाधारणका लागि बिक्री खुला गरिने छ ।

 

prabhu mahalaxmi
kumari