विजय लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट लाभांश नदिने
काठमाडाैं
असार २, २०८१
Aarthik Sanjal
444
shares
काठमाडौ । विजय लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने घोषणा गरेको छ ।
यस कम्पनीको असार १ गते बसेको सञ्चालक समिति बैठकले लाभांश नदिने निर्णय गरेको हो । संस्थाले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट २१.०५ प्रतिशत लाभांश वितरण गरेको थियो ।