citizens life insurance long ad
macchha(MBL)
Himalayan bank
global bank
nabil bank

एनएमबि लघुवित्त साढे ७ करोड नोक्सानमा

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा एनएमबि लघुवित्तले ७ करोड ४९ लाख ५३ हजार रुपैयाँ नोक्सान व्यहोरेको छ ।

अघिल्लो वर्षको यसैअवधिमा यसले १ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा खुद ब्याज आम्दानी र सञ्चालन आम्दानी घटेकोले कम्पनीले खुद नोक्सान व्यहोर्न परेको हो ।

खुद ब्याज आम्दानी ३२.४५ ले घटेर १७ करोड ५३ लाख ७१ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले २५ करोड ९६ लाख १३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

गत वर्ष १ करोड ६१ लाख ३० हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको यस कम्पनीले यो वर्ष ७ करोड ५० लाख १३ हजार रुपैयाँ सञ्चालन नोक्सानी व्यहोरेको छ ।

चैत मसान्तसम्म आइपुग्दा एनएमबि लघुवित्तको चुक्ता पुँजी ७२ करोड १४ लाख ४९ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी १३ रुपैयाँ ८५ पैसा ऋणात्मक छ भने प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ २ पैसा छ ।

 

gold
himalayan life insurance long ad