stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

एनआइसी एशिया लघुवित्तको १६ हजार ४३९ आबेदन रद्ध

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एनआइसी एशिया लघुवित्तले सर्वसाधारणमा असार १० देखि १४ गतेसम्म प्रति कित्ता एक सय रुपैयाँको दरले ४७ लाख ५५ हजार कित्ता आईपीओ निस्काशन गरेको थियो ।

आइपिओमा ४ लाख १४ हजार १८० जनाको आवेदन परेको बताइएको छ । उक्त प्राथमिक शेयर (आईपीओ) मा १ हजारभन्दा बढी आवेदन दोहोरो परेका कारण रद्ध भएको तथा १४ हजार हाराहारीको संख्यामा परेको आवेदन भने बैंक तथा वित्तीय संस्थाहरुबाटै रद्ध भएको लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ।

बैंक तथा वित्तीय संस्थाहरुबाट समेत गरी कुल १६ हजार ४३९ वटा आवेदन रद्ध भएका हुन्। आईपीओ आवेदन गरेका ३ लाख ९७ हजार ७४१ वटा आवेदन सदर भएका छन्। सदर आवेदक सबैले शेयर पाउनेछन्।

धितोपत्र निष्काशन तथा बाँडफाँड नियमावली अनुसार ४६ हजार ५७९ जना आवेदकले २० कित्ता शेयर पाउनेछन् भने ३ लाख ५१ हजार १६२ जना आवेदकले भने १० कित्ता आईपीओ पाउने छन्।

लघुवित्तले कर्मचारी र म्युचुअल फण्डलाई छुट्टाएर ४४ लाख ४३ हजार २०० कित्ता शेयर सर्वसाधारणमा बिक्रीमा ल्याएको थियो। लघुवित्तले कर्मचारी र म्युचुअल फण्डलाई छुट्टाएर ४४ लाख ४३ हजार २०० कित्ता शेयर सर्वसाधारणमा बिक्रीमा ल्याएको थियो।

आईपीओमा २ अर्ब ३० करोड ६५ लाख ३९ हजार रुपैयाँ बराबरको २ करोड ३० लाख ६५ हजार ३९० कित्ता शेयरको माग परेको थियो। उक्त आईपीओ असार २१ गते आइतबार बाँडफाँड हुने कम्पनीले जनाएको छ ।

prabhu mahalaxmi
kumari