stcnepal long ad
ime life insurance
national life
global ime bank long

ठमेल क्षेत्रका व्यवसायीलाई घरभाडामा ५० प्रतिशत छुट दिइने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । पर्यटकीय क्षेत्र ठमेलका व्यवसायी र घरधनीबीच छ महिनादेखि एक वर्षसम्म ५० प्रतिशत घरभाडामा छुट दिने समझदारी भएको छ ।

पर्यटन क्षेत्रका २२ संस्थाले आज ठमेलमा संयुक्त पत्रकार सम्मेलन गरी ठमेलका घरधनीसँग भएको सहमति अनुसार एक वर्षसम्म ५० प्रतिशत भाडा छुट दिने समझदारी बनेको जनाएका हुन् ।

कोभिड–१९ महामारीका कारण देशकै प्रमुख पर्यटकीय क्षेत्र ठमेलका व्यवसायी पलायन हुदाँ त्यस क्षेत्रमा २७० कोठा तथा सटर खाली भएको ठमेल पर्यटन विकास परिषद्ले जनाएको छ ।

परिषदद्धारा गठित कोभिड १९ पर्यटन व्यवसायी विपत् समन्वय समितिको पहलमा ठमेल क्षेत्रका ३५० व्यवसायी र घरधनीबीच भाडा छुटको समझदारी भएको समितिका संयोजक भवी शर्माले जानकारी दिए ।

शर्माले ठमेल क्षेत्रको व्यवसाय, व्यवसायी तथा घरधनीलाई जोगाउन सञ्चार लगायत सबै क्षेत्रको सहयोगको अपेक्षा गरिएको बताए ।

बन्दाबन्दीका कारण तीन महिनाभन्दा बढी समयदेखि प्रायः ठप्प ठमेल क्षेत्रका व्यवसायीले अहिलेकै अवस्थामा व्यवसायी पलायन हुने अवस्था सिर्जना भएको बताएका छन् ।

ठमेल लगायत सम्पूर्ण पर्यटकीय क्षेत्रका व्यवसायीहरुले बन्दाबन्दी शुरु भएको मितिदेखि उपयोग गर्दै आएका र कम्तीमा एक वर्ष सम्मका लागि विद्युत् महसुलको ५० प्रतिशत छुट र विद्युत्को युनिट उठेको मात्र शुल्क लिनका लागि सम्बन्धित निकायमा अनुरोधसमेत गरिएको समितिद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

ठमेल क्षेत्रमा २०० भन्दा बढी घरधनी र १० हजार व्यवसायी रहेको बताइएको छ । सम्झौतामा हस्ताक्षर गर्ने संस्थाहरुमा परिषद्, नेपाल पर्वतारोहण संघ , नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा), ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान), नेपाल एसोसिएशन अफ ¥याफ्टीङ एजेन्सी, नेपाल पर्यटक यातायात व्यवसायी सङ्घ, टुरिष्ट बस एसोसिएशन अफ नेपाल, गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल, नेपाल निर्यात परिषद्, विदेशी मुद्रा व्यवसायी संघ नेपाल, कैलाश यात्रा संघ लगायत रहेका छन् ।

IME Lifesidebar
prabhu mahalaxmi
kumari