citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको नाफा सामान्य घटे

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा स्वावलम्बन लघुवित्तको नाफा सामान्य घटेको छ । यसअवधिमा खुद नाफा १.३५ प्रतिशतले घटेर ११ करोड ८६ लाख २० हजार रुपैयाँमा सीमित भएको छ ।

अघिल्लो वर्षको यसैअवधिमा यसले १२ करोड २ लाख ४४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । १ वर्षको अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेकाले खुद नाफा प्रभावित भएको हो ।

खुद ब्याज आम्दानी २.२७ प्रतिशतले घटेर १ अर्ब २ करोड २७ लाख ६३ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा १.६५ प्रतिशतले घटेर १६ करोड ९० लाख ७४ हजार रुपैयाँ पुगेको छ ।

चैत मसान्तसम्म आइपुग्दा चुक्ता पुँजी १ अर्ब ४५ करोड रुपैयाँ छ । प्रतिसेयर आम्दानी ११ रुपैयाँ ०२ पैसा र प्रतिसेयर नेटवर्थ २१९ रुपैयाँ छ ।

himalayan life insurance
igi long