citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

आरम्भ चौतारी लघुवित्तको चैत ३० गते वार्षिक साधारण सभा

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको चैत ३० गते वार्षिक साधारण सभा बस्ने भएको छ । यस लघुवित्तले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने जनाएको छ । साधारण सभामा आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।

आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । साथै, अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धी कार्य गर्न तथा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत २१ गते बुक क्लोज गर्ने भएको छ ।

तसर्थ, चैत २० गतेसम्म कायम सेयरधनीले मात्र साधारण सभामा सहभागिता जनाउन सक्नेछन् । साधारण सभा बनेपा पार्टी भेन्यु, बनेपा–८, मा बिहान ११ बजे सुरु हुनेछ ।

himalayan life insurance
igi long