sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

मकवानपुर प्रहरीले ट्यांकरबाट डिजेल चोरी गर्ने दुईजना पक्राउ

Nimb long ad
Prabhu Insurance Long Ad

मकवानपुर । ट्यांकरबाट डिजेल चोरी गर्ने दुईजनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । नेपाल आयल निगम, अमलेखगन्जबाट डिजेल लिएर काठमाडौंको जाँदै ट्यांकर हेटौँडा उपमहानगरपालिका–९ स्थित नवदुर्गा आयल स्टोरको कम्पाउन्डभित्र रोकेर डिजल चोरी गर्दै गरेको अवस्थामा प्रहरीले एक भारतीय नागरिक सहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ना ७ ख २७९४ नम्बरको सोही ट्यांकरका चालक पर्सा जिलला वीरगन्ज महानगरपालिका ११ श्रीपुरका ४९ वर्षीय आलम हवारी र भारत मोतिहारी श्रीरामपुर घर भई हाल हेटौँडा–९ नवदुर्गा आयल स्टोरमा कार्यरत वर्ष ३० का वीरेन्द्र साह रहेका छन् ।

ट्यांकरबाट करिब ४० लिटर डिजेल निकालेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । ट्यांकरसहित पक्राउ परेका दुवैजनालाई काठमाडौंस्थित थानकोट डिपो पठाइएको छ ।

gold
prabhu bank
nawakantipur long