citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १ लाख ५० हजार कित्ता संस्थापक सेयर लिलामीमा आवेदन दिने आज (चैत १५ गते) अन्तिम दिन हो ।

लिलामी सेयरमा कम्पनीका संस्थापक सेयरधनी वा अन्य संघसस्था तथा सर्वसाधारणले पनि आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम ३०० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

लगानीकर्ताले न्यूनतम १५ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीले चैत १३ गतेदेखि उक्त संस्थापक सेयर लिलामी बिक्रीमा ल्याएको हो ।

आवेदकले बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल, नक्साल काठमाडौंमा पुग्ने गरी गोप्य शिलबन्दी बोलपत्र बुझाउन सक्नेछन् ।

gold
himalayan life insurance long ad