sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

भारत विद्युत् आयात सम्झौता नवीकरणमा सकारात्मक

आइतबारसम्म नविकरण हुने मन्त्रालयको भनाइ

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । विद्युत् आयात सम्झौता नवीकरणमा भारत सकारात्मक रहेको उर्जा जलस्रोत तथा सिचांई मन्त्रालयले जनाएको छ । आगामी आइतबारसम्म नवीकरण हुने मन्त्रालयको भनाई छ ।

नेपालले भारतको इनर्जी एक्सचेञ्ज लिमिटेडसँग सम्झौता गरेर खुला बजारमार्फत विद्युत किनबेच गर्दै आएको छ । इनर्जी एक्सचेञ्ज लिमिटेडसँगको सम्झौता यहि मार्च अन्तिममा सकिँदैछ ।

हिउँद लागेसँगै विद्युत उत्पादन कम हुने तथा भारतसँग विद्युत आयात सम्बन्धी सम्झौता नवीकरण नभएको भन्दै लोडसेडिङ बढ्ने खतरा बढेको चर्चा गर्न थालेको छ ।

तर सम्झौता नवीकरण गर्न भारत सरकार सकारात्मक रहेकाले लोडसेडिङको समस्या नआउने उर्जा जलस्रोत तथा सिचांई मन्त्रालयले बताएको छ ।

नेपालले भारतसँग पाँच वर्षका लागि सम्झौता गरेर विद्युत आयात गर्दै आएको छ । यो सम्झौता हरेक वर्ष नवीकरण गर्नुपर्ने व्यवस्था छ । नेपाल विद्युत् प्राधिकरणले सम्झौताका लागि तीन महिना अघि नै प्रक्रिया सुरु गरिसकेको थियो ।

मंगलबार मात्रै मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले भारतका ऊर्जा सचिव पंकज अग्रवाललाई फोन गरी विद्युत् आयातसम्बन्धी सम्झौता चाँडै नवीकरण गरिदिन अनुरोध गर्नु भएको थियो ।

जवाफमा भारतले निर्वाचनका कारण ढिलाई भएको भन्दै छिट्टै नविकरण गरिदिने जानकारी दिएको मन्त्रालयको भनाई छ ।

हिउँद तथा सुख्खा मौसममा विद्युतको उत्पादन कम हुने भएकाले आपूर्ति सहज बनाउन भारतबाट करिब ४० प्रतिशत विद्युत आयात गरिँदै आएको छ । विद्युत् प्राधिकरणको तथ्याङ्क अनुसार अहिले नेपालमा १ हजार ८ सय ८५ मेगावाट विद्युतको माग छ ।

तर, उत्पादन तथा आयात गरेको विद्युत १ हजार ४ सय ८३ मेवागाट मात्रै छ । जसमा करिब ४६ प्रतिशत भारतबाट मात्रै आयात हुने गरेको छ । सुक्खा मौमससँगै विद्युत उत्पादनमा कमी आउँदा अहिले पनि औद्योगिक क्षेत्रमा दैनिक १७–१८ घण्टा लोडसेडिङ भइरहेको छ ।

नेपालले १ सय ३२ केभी क्षमताको प्रसारण लाइनमार्फत प्रतियुनिट ६ रुपैयाँ १८ पैसा र ३३ केभीको प्रसारण लाइनमार्फत ६ रुपैयाँ ६५ पैसामा विद्युत आयात गरिरहेको छ ।

gold
kumari bank
nawakantipur long