citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

डिप्रोक्स लघुवित्तको लाभांश सुरक्षित गर्ने आज चैत १४ गते अन्तिम दिन

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं । डिप्रोक्स लघुवित्त को लाभांश सुरक्षित गर्ने आज चैत १४ गते बुधबार अन्तिम दिन हो । साधारण सभा तथा लाभांश प्रयोजनका लागि यसले चैत १५ गते बुक क्लोज गर्ने भएको छ ।

यसर्थ, लाभांश हात पार्न आज चैत १४ गते बुधबार सेयरधनी बनिसक्नुपर्नेछ । यस कम्पनीले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५२ प्रतिशत नगद लाभांश वितरण गर्दैछ ।

उक्त लाभांश पारित गर्न डिप्रोक्स लघुवित्तले चैत २५ गते वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा पार्क सफारी रिसोर्ट सौराहा, चितवनमा बिहान १० बजे सुरु हुनेछ ।

himalayan life insurance
igi long