stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

बैंकहरुको आधार दर (बेस रेट) चैत महिनामा पनि घटे

निक्षेपको ब्याजदर घटेसँगै बैंकहरुको आधार दर पनि तल झर्दै आएको हो ।

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । बैंकहरुको आधार दर (बेस रेट) चैत महिनामा पनि घटेको छ । अधिक तरलताको अवस्था आएसँगै बैंकहरुले धमाधम निक्षेपको ब्याजदर घटाउँदै आएका छन् । निक्षेपको ब्याजदर घटेसँगै बैंकहरुको आधार दर पनि तल झर्दै आएको हो ।

आधार दरमा निश्चित प्रतिशत प्रिमियम थप गरेर कर्जाको ब्याजदर निर्धारण हुने गर्दछ । तसर्थ, आधार दर घट्दा कर्जाको ब्याजदर पनि घट्ने गर्छ ।

तर, व्यवहारमा भने आधार दर घटेको अनुपातमा कर्जाको ब्याजदर नघटेको व्यवसायी तथा सेयर बजारका लगानीकर्ताहरुले गुनासो गर्दै आएका छन् । यता, बैंकरहरुले भने कर्जाको ब्याजदर पनि क्रमशः घट्न थालेको अब वैशाख–जेठदेखि थप घट्ने उनीहरुको भनाई छ ।

नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवाल बैंकहरुले तथ्यांकमा मात्रै ब्याजदर घटाएको बताउँछन् ।

‘बैंकहरुको ब्याजदर तथ्यांकमा घटे पनि व्यवहारमा सोही अनुसार लागू भएको छैन’ उनले भने, ‘बैंक तथा वित्तीय संस्थाहरुले कर्जाको ब्याजदर अझै उच्च नै लिएका छन् ।’ ‘निक्षेपको ब्याजदर घटे पनि कर्जाको ब्याजदर अझै उच्च छ’ उनले भने ।

यता, सेयर बजारका अग्रज लगानीकर्ता छोटेलाल रौनियार पनि जुन अनुपातमा निक्षेपको ब्याजदर घटेको छ सोहीअनुसार कर्जाको ब्याजदर नघटेको बताउछन् ।

रौनियार भन्छन्, ‘ब्याजदर तथ्यांकमा घटे पनि व्यवहारमा घटेको छैन ।’ पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा अधिक तरलताको अवस्था छ । बैंकहरुको तथ्यांक हेर्दा भने ब्याजदर घट्दै गएको छ ।

तर नियम अनुसार आधार दर पनि घटेपछि कर्जाको ब्याजदर पनि सोही अनुसार स्वतः घट्नुपर्ने हुन्छ । तथ्यांक भन्छ–बैंकहरुको आधार दर क्रमशः घट्दोक्रममा छबैंकहरुको आधार दर घट्दोक्रममा रहेको तथ्यांकले पुष्टि गरेको छ ।

पछिल्लो महिना मात्रै वाणिज्य बैंकहरुको औसत आधार दर (बेस रेट) ०.२१ प्रतिशत विन्दुले घटेको छ । फागुन महिनाको तुलनामा चैतमा औसतमा आधार दर घटेको हो । चैतमा वाणिज्य बैंकहरुको औसत आधार दर ९।०५ प्रतिशत कायम भएको छ ।

यसअघि फागुनमा २० वाणिज्य बैंकहरुको औसत आधार दर ९.३४ प्रतिशत थियो ।यस अवधिमा २ बैंकबाहेक अरु सबै बैंकको आधार दर एकल अंकमा आएको छ ।

स्टान्डर्ड चार्टर्ड बैंकको आधार दर जम्मा ७.५२ प्रतिशत रहेको छ । त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकको आधार दर ७.६२ प्रतिशत छ । अरु १६ बैंकको आधार दर ८ प्रतिशतदेखि १० प्रतिशतको बीचमा रहेको छ । १० प्रतिशतभन्दा धेरै आधार दर हुनेमा कुमारी र प्राइम कमर्सियल बैंक रहेका छन् । कुन बैंकको आधार दर कति छ ?

kumari bank
kumari
nawakantipur long