evrest bank
stcnepal long ad
national life
global bank
nabil bank

युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको पाँचौं वार्षिक साधारण सभा सम्पन्न

Prabhu Insurance Long Ad
global bank

कोहलपुर । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको पाँचौ वार्षिक साधारण सभा कोहलपुरमा एक भव्य कार्यक्रमका बीच सम्पन्न भएको छ ।

साधारणसभाबाट सञ्चालक समितिको प्रतिवेदन, आ.व. २०७९/०८० को लेखापरीक्षण प्रतिवेदन, आगामी वर्ष २०८०/०८१कोलागि लेखापरीक्षकको नियुक्तिका प्रस्तावहरु सर्वसम्मतिले पारित भएको छ ।

साधारण सभाले भविष्यमा कुनै उपयुक्त लघुवित्त वित्तीय संस्थासँग एक आपसमा गाभ्ने/गाभिने (Merger) तथा प्राप्ति/समाहित (Acquisition) गर्ने कार्यकोलागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ ।

त्यस्तै संचालक समितिमा सर्वसाधारण शेयरधनीबाट कोहपुर बाँकेका जागेश्वर प्रसाद चौधरीलाई सर्वसम्मतिबाट चयन गरेको छ ।

संस्थापक शेयरधनीहरुले राखेका जिज्ञासालाई सभाध्यक्ष शिव बहादुर चौधरी र कार्यकारी निर्देशक डा.गोपाल दहितले सहज भाषामा स्पष्ट पार्नु भएको थियो ।

पाँचौ साधारण सभामा ६२ प्रतिशत शेयरधनीहरुको उपस्थिति रहेको थियो ।साधारण सभा युनिक वित्तीय संस्थाका अध्यक्ष शिव बहादुर चौधरीको सभाध्यक्षतामा भएको थियो ।

कार्यक्रम सञ्चालन शेयरधनी नरेन्द्र थारुले गर्नुभएको थियो । हाल युनिक वित्तीय संस्थाको चुक्ता पुँजी रु.१४ करोड ८५ लाख ७५ हजार रहेको छ ।

 

igi long
himalayan life insurance long ad