stcnepal long ad
ime life insurance
national life
global ime bank long

आरम्भ चौतारी लघुवित्तले असार २२ गतेबाट कारोबार शुरु गर्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले असार २२ गतेबाट कारोबार शुरु गर्ने भएको छ । आरम्भ लघुवित्त वित्तीय संस्था र चौतारी लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिएर बनेको आरम्भ चौतारी लघुवित्तीय संस्थाले असार २२ गतेबाट एकिकृत कारोबार थाल्ने भएको हो ।

गत पुस ९ गते एकैदिन सम्पन्न दुवै कम्पनीको साधारण सभाले मर्जर प्रस्ताव पारित गराएका थिए । बुटवललाई केन्द्र बनाएर वित्तीय सेवा प्रदान गर्दै आएको चौतारी र बनेपालाई केन्द्र बनाएर वित्तीय कारोवार गर्दै आएको आरम्भ १ बराबर १ शेयर श्वाप रेशियोमा मर्ज भएका हुन्।

नेपाल स्टक एक्सचेञ्जमा आरम्भको कूल ६ लाख ४४ हजार २८० कित्ता शेयर सूचीकृत छ । यस्तै चौतारी लघुवित्तको कूल १९ लाख ९० हजार २०० कित्ता शेयर सूचीकृत छ ।

मर्ज भएपछि कम्पनीको चुक्ता पूँजी २६ करोड ३४ लाख नाघेको छ। एकिकृत लघुवित्तको शेयर स्वामित्व संस्थापकको ६३ दशमलव ६६ र सर्वसाधारणको ३६ दशमलव ३४ प्रतिशत कायम भएको छ । साथै संस्थाले कार्यक्षेत्र वृद्धि गरी राष्ट्रिय स्तरमा जाने भएको छ । एकिकृत संस्थाको केन्द्रीय कार्यालय बनेपा–१० काभ्रेपलाञ्चोकमा रहने छ।

नेपाल राष्ट्र बैंकले चौतारी लघुवित्त वित्तीय संस्था र आरम्भ लघुवित्त वित्तीय संस्थालाई एकापसमा गाभिनका लागि फागुन १८ गते अन्तिम स्वीकृति दिएको थियो।

IME Lifesidebar
kumari