stcnepal long ad
ime life insurance
national life
global ime bank long

आरएमडीसी लघुवित्तको ८१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि पाउने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad
काठमाडौं  ।  ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले आफ्नो स्वामित्वमा रहेको आरएमडीसी लघुवित्तको संस्थापक सेयर बिक्री गर्ने भएको छ ।
ग्रामीणले असार १८ गतेबाट आरएमडीसीको ८१ हजार २९४ कित्ता संस्थापक सेयर बिक्री खुला गर्न लागेको हो । यसमा सर्वसाधारण लगानीकर्ताले पनि आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३२५ रुपैयाँ तोकिएको छ ।

सोही मूल्यलाई आधार मानेर बोलकबोल गर्नुपर्नेछ । लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन् ।

न्यूनतम १०० कित्ता र १० ले भाग जाने गरी अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सकिनेछ । यसमा प्रभु क्यापिटल कमलादी, काठमाडौं पुग्ने गरी आवेदन दिनुपर्नेछ । असार २४ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ ।
IME Lifesidebar
kumari