stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

जुवातास खेलिरहेको अवस्थामा २८ जना पक्राउ

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । टोखा नगरपालिका-११ बानियाटार डेरा गरी बस्ने मञ्जु मगरको कोठामा जुवातास खेलिरहेका काठमाडौं महानगरपालिका-१४ कलंकी बस्नेमकवानपुर थाहा नगरपालिका-७ घर भएकी ३७ वर्षीया बसुन्धारा केसीलगायत १२ जनालाई नगद २ लाख ७१ हजार रुपैयाँ र ३ बुक तास सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं, कीर्तिपुर नगरपालिका-६ चौभार टौदहस्थित हरि महर्जनको घरमा जुवा खेलिरहेका सोही ठाउँ बस्ने ३८ वर्षीय राम खड्का लगायत १० जनालाई नगद ५५ हजार ९ सय १० रुपैयाँ  र ४ बुक तास सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

prabhu mahalaxmi
kumari