stcnepal long ad
ime life insurance
national life
global ime bank long

टिभिएसको नयाँ बिक्री योजना, विषेश छुटमा अहिले किन्नुहोस पछि तिर्नुहोस

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । विश्वमा २ पाँग्रे सवारी साधनहरुको एक ख्याति प्राप्त निर्माता टिभिएस मोटर कम्पनीको नेपाल स्थित आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले टिभिएस बाइक तथा स्कूटरहरुको नयाँ बिक्री योजना “सुरक्षित यात्राको सुरक्षित सहयात्री” आरम्भ गरेको छ ।

यस योजना अन्तर्गत टिभिएस मोटरसाइकल तथा स्कूटर खरीद गर्ने ग्राहकहरुले जिरो प्रतिशत व्याजदर वा जिरो प्रतिशत डाउनपेमेन्ट वा  १० हजार रुपैयाँ स्कूटरमा र  १२ हजार रुपैयाँ मोटरसाइकलमा  नगद छुट वा अहिले किन्नुहोस र पछि सरल मासिक भुक्तानी गर्नुहोस् भन्ने योजना ल्याएको हो ।  ग्राहकहरुले यो चार योजनामध्य कुनै एक कुनै योजना छनौट गर्ने पर्ने हुन्छ ।

यसैगरी ग्राहकहरुले अनलाइन मार्फत् पनि टिभिएस मोटरसाइकल तथा स्कूटर खरिदको लागि अर्डर गर्न सक्ने व्यवस्था मिलाइएको छ । यसरी अनलाइन अर्डर गर्ने ग्राहकलाई कम्पनीले घरमै मोटरसाइकल वा स्कूटर उपलब्ध गराउने होम डेलिभरीको सुविधा समेत प्रदान गर्ने कम्पनीले जनाएको छ ।  ग्राहकहरुले अनलाइन अर्डर गर्न यो साइटमा जानु पर्नेछ www.tvsnepal.com/shop ।

योजना शुरु गर्दै जगदम्बा मोटर्स प्रा.लि.का प्रबन्ध निर्देशक साहिल अग्रवालले भने “परिस्थिति विस्तारै सहज बन्दै गएको छ र अब जीवन फेरि सही ट्रयाकमा आउन लागेको छ

। यसैले हाम्रा ग्राहकहरुलाई अबको यात्रा अघि बढाउन सहयोग पुगोस् भन्ने उद्देश्यले हामीले यो योजना अघि सारेका छौं । आशा छ, ग्राहकहरुले यस योजनाबाट भरपूर लाभ लिनु हुने नै छ ।”

अन्तर्राष्ट्रिय गुणस्तर बमोजिम विश्वख्यिात कम्पनी टिभीएसले उत्पादन गरेका टिभीएस मोटरसाइकल तथा स्कूटरहरुमध्ये नेपालमा १०० देखि ३१० सीसी सम्म  उपलब्ध छन् ।

विश्वका ६२ देशमा उपलब्ध टिभीएस ब्राण्डका मोटर साइकल तथा स्कूटरहरु नेपालमा भारत तथा इण्डोनेशीयामा  निर्मित मजबुत, आकर्षक र स्टाइलिस डिजाइनमा उपलब्ध छन् ।

नेपालभर १०० भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा  आफ्नो मजबुत पकड राख्न र ग्राहकहरुको मनमस्तिष्कमा स्थान जमाउन सक्षम भएको छ ।

गुणस्तरीय उत्पादनहरु, बिक्री पश्चात्को व्यापक सेवा र देशभरमा जगेडा पार्टपुर्जाहरुको उपलब्धता मार्फत् उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सबैभन्दा ज्यादा रुचाइएको टू–ह्वीलर ब्राण्ड बनेको छ ।

IME Lifesidebar
kumari