stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

 डिप्रोक्स लघुवित्तको नाफामा खराब कर्जाको दबाब 

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । डिप्रोक्स लघुवित्तको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा नाफामा खराब कर्जाको दबाब परेको छ । यस अवधिमा खुद नाफा १०.९६% ले घटेर ८ करोड ८२ लाख ६५ हजार रुपैयाँमा सीमित भएको छ ।

गत वर्षको यसैअवधिमा यसले ९ करोड ९१ लाख ३० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यता, खुद ब्याज  आम्दानी  सामान्य  अर्थात ०.५३% ले बढेर ३३ करोड ४२ लाख ४२ हजार रुपैयाँ पुगेको छ । खराब कर्जा १.४६% ले बढेर ५.१४% पुगेको छ ।

त्यस्तै, सञ्चालन नाफा १०.९६% ले घटेर १२ करोड ६० लाख ९३ हजार रुपैयाँमा सीमित भएको छ । यसले खुद नाफा घट्न दबाब दिएको हो । वितरणयोग्य नाफा ६७ करोड ३६ लाख २९ हजार रुपैयाँ छ ।

असोज मसान्तसम्म आइपुग्दा डिप्रोक्स लघुवित्तको चुक्ता पुँजी १ अर्ब ५५ करोड १० लाख ८८ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी पनि ११ रुपैयाँ ५३ पैसाले घटेर २२ रुपैयाँ ७६ पैसामा आएको छ । प्रतिसेयर नेटवर्थ २२१ रुपैयाँ १६ पैसा छ ।

prabhu mahalaxmi
kumari