sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

उन्नति सहकार्यको एफपीओमा पहिलो दिनमै यसरी लाग्यो आवेदकको ओइरो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । उन्नति सहकार्य लघुवित्तको थप सार्वजनिक निष्कासन -एफपीओ_ मा पहिलो दिनमै मागभन्दा ३४.५४ गुणा बढी आवेदन परेको छ । यसमा पहिलो दिन आज साँझ ५ः०८ बजेसम्ममा ३२ करोड ३३ लाख २८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

यसमा २ लाख ८३ हजार ३४४ जना आवेदकहरुले ३२ लाख ३३ हजार २८० कित्ताका लागि आवेदन दिएका हुन् । सर्वसाधारणलाई खुला गरिएको सेयरलाई आधार मान्दा यो आवेदन १८=११ गुणा बढी हो । यसमा कात्तिक २४ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले आज -कात्तिक २१ गते_ देखि १ करोड ७८ लाख ४५ हजार ४५१ रुपैयाँ बराबरको एफपीओ निष्कासन गरेको हो ।

यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँमा १ लाख ७८ हजार ४५१ कित्ता एफपीओ जारी गरेको हो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ ल्याएको हो ।

साविकको उन्नति लघुवित्त र सहकार्य लघुवित्त एकआपसमा गाभिएपश्चात बनेको उन्नति सहकार्य लघुवित्तको पुँजी संरचना संस्थापक समूहको ७५.४५ प्रतिशत र सर्वसाधारणको २४.५५ प्रतिशत कायम भएको थियो ।

उक्त पुँजी संरचना ऐन अनुसार मिलाउन यस लघुवित्तले एफपीओ जारी गरेको हो । कम्तिमा ३० प्रतिशत सर्वसाधारणको हिस्सा हुनुपर्ने व्यवस्था छ । एफपीओपछि संस्थापक हिस्सा घट्नेछ भने सर्वसाधारणको स्वामित्व बढ्नेछ ।

gold
prabhu bank
nawakantipur long