भूकम्प पीडितलाई नेपाल पुनर्बीमा कम्पनीले २५ लाख रुपैयाँ सहयोग गर्ने
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको आज पर्न गएको १० औं वार्षिकोत्सवको अवसरमा जाजरकोटका भूकम्प पीडितलाई २५ लाख रुपैयाँ सहयोग गरेको छ ।
कम्पनीले आफ्नो १०औं वार्षिकोत्सवको विविध कार्यक्रमलाई स्थगित गर्दै भुकम्पबाट ठुलो मानबीय तथा आर्थिक क्षति भएको अवस्थाले निर्धारित वार्षिकोत्सव कार्यक्रम बारे पुनर्विचार गर्नुपर्ने अवस्थालाई मनन गर्दै बाँबी अन्य कार्यक्रम यथावत राख्दै औपचारिक वार्षिकोत्सव समारोह स्थगित गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीले राट्रिय विपतको घडीमा यथाशक्य सहभागिता जनाउँदै आएको छ । कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत २५ लाख रुपैयाँ अर्थ मन्त्री मार्फत प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा हस्तान्तरण गरेको हो ।
सोही अवसरमा कम्पनीले प्रकाशित गरेको नेपाल पुनर्बीमा स्मारिका २०८० अंक २ समेतको विमोचन गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतको प्रमुख आतिथ्यतामा स्मारिका विमोचन गरेको हो ।


























