सपोर्ट लघुवित्तको १३ हजार ८९१ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला
काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले आज (असोज ८ गते) देखि १३ हजार ८९१ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ ।
यसमा कम्पनीका विद्यमान संस्थापक सेयरधनीसहित अन्य इच्छुक व्यक्ति तथा संघसंस्थाले समेत बोलपत्र पेश गर्न सक्नेछन् ।
संस्थापक सेयरको प्रतिकित्ता भाउ ५५० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर लिलाम बढाबढमा सहभागी बन्न सक्नेछन् ।
लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा असोज २२ गतेसम्म आवेदन दिन मिल्नेछ ।
बिक्री प्रबन्धक आरबीबी मर्चेन्छ बैंकिङ टेकु काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।