citizens life insurance long ad
stcnepal long ad

धितोपत्र बोर्डले ‘वर्ल्ड इन्भेस्टर विक–२०२३’ को अवसरमा सप्ताहव्यापी कार्यक्रमको गर्ने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ‘वर्ल्ड इन्भेस्टर विक–२०२३’ अवसरमा सप्ताहव्यापी कार्यक्रमको आयोजना गर्ने भएको छ ।

बोर्डले बजार सरोकारवालाहरूको सहकार्यमा सप्ताहव्यापी कार्यक्रम आयोजना गर्न लागेको जनाएको हो । कार्यक्रम यही असोज १५ देखि २१ गतेसम्म सञ्चालन हुनेछ ।

कार्यक्रमअन्तर्गत धितोपत्र बजार, लगानीका न्यूनतम आधार, दोस्रो बजारको सञ्चालन र पूर्वाधार, धितोपत्र निक्षेप र सेटलमेन्ट लगायतका विषयमा अन्तरक्रिया गरिने जनाइएको छ ।

कार्यक्रममा २०० जना आम लगानीकर्ता र १५ जना आर्थिक पत्रकारलाई सहभागी गराइने जनाएको छ ।

सहभागी हुन चाहनेले रजिस्ट्रेसन गर्नुपर्ने सेबोनले जनाएको । त्यसमा सबैभन्दा पहिला रजिस्ट्रेसन गर्नेलाई प्राथमिकता दिइने समेत बताइएको छ ।

IME Life
kumari