दि नेपाल डिस्टीलरिजले ल्यायो ४० यूपीको ‘कर्दा ट्रिपल एक्स’ मदिरा
काठमाडौं । दि नेपाल डिस्टीलरिजले ४० यूपीको नयाँ मदिरा बजारमा ल्याएको छ । लामो समयदेखि २५ यूपी र ३० यूपीको रम तथा मदिरा उत्पादन गर्दै आएको कम्पनीले ४० यूपीको नयाँ उत्पादन ‘कर्दा ट्रिपल एक्स’ बजारमा ल्याएको हो ।
दि नेपाल डिस्टीलरिजका महाप्रबन्धक सुवास लामिछानेले कर्दा ट्रिपल एक्स ४० यूपी सेगमेन्टमा नेपाली बजारमा उपलब्ध मध्येकै स्तरीय मदिरा रहेको बताए ।
‘ग्राहकको यो सेगमेन्टका मदिराप्रति पछिल्लो समय बढेको आकर्षणलाई सम्बोधन गर्दै कर्दा ट्रिपल एक्स बजारमा ल्याएका हौं, यसमा अल्कोहलको मात्रा २५ र ३० यूपीको मदिरामा भन्दा कम हुन्छ,’ उनले भने ।
रम फ्लेबरको कर्दा ट्रिपल एक्स ७५० एमएल, ३७५ र १८० एमएलको प्याकेजिङमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।


























