stcnepal long ad
global ime bank long

मुलुकमा ८ महिनालाई पुग्ने चिनी मौज्दात रहेको सरकारको दाबी

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । भारत सरकारले चिनी निर्यातमा प्रतिबन्ध लगाएपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपालमा चिनीको सहज आपूर्ति, बजार मूल्यको स्थिरता र आम उपभोक्ताको हित सुनिश्चित गर्न आवश्यक कदम चालिरहेको जनाएको छ। मन्त्रालयले  प्रेस  विज्ञप्ति  जारी गर्दै नेपालमा अझै ८ महिनालाई पुग्ने चिनी मौज्दात रहेको बताएको छ ।

यस्तै, मन्त्रालयले नेपाल चिनी उत्पादक संघका पदाधिकारी र सरोकारवाला मन्त्रालय तथा निकायका प्रतिनिधिसँग भएको छलफलमा उद्योगीले बजारमा चिनीको सहज र सुलभ मूल्यमा नियमित आपूर्ति गर्ने प्रतिबद्धता जनाएका छन् ।

विज्ञप्तिमा उल्लेख भएअनुसार, नेपालमा सञ्चालनमा रहेका चिनी उद्योगबाट उत्पादित र मौज्दातमा रहेको चिनी तथा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड लगायतका निकायहरूसँग हाल ८ महिनाको माग धान्ने चिनीको मौज्दात छ। यसले तत्कालका लागि चिनीको अभाव नहुने स्पष्ट पारेको छ।

यस्तै, मन्त्रालयले बजारमा कृत्रिम अभाव, कालोबजारी, अनुचित मौज्दात र अस्वाभाविक मूल्यवृद्धि हुन नदिन बजार अनुगमन, आपूर्ति व्यवस्थापन तथा निकायगत र तहगत समन्वयलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

यस्तै, सरकारले दीर्घकालीन रूपमा चिनीमा आत्मनिर्भरता हासिल गर्न चिनी उत्पादनको प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्न बहुपक्षीय प्रयास गरिरहेको जानकारी गराएको छ। मन्त्रालयले आम नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष सरोकार राख्ने चिनी अनावश्यक सञ्चिति नगर्न अनुरोध गरेको छ ।

IME Lifesidebar
kumari