आज सुन चाँदीको भाउमा भारी वृद्धि
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चैत १५ गते सुनको मूल्य तोलामा ५ हजार रुपैयाँले बढेको हो ।
यससँगै आज सुनको मूल्य तोलामा २ लाख ८६ हजार रुपैयाँ पुगेको छ । गत शुक्रबार सुन प्रतितोला २ लाख ८१ हजार रुपैयाँमा किनबेच भएको थियो ।
यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ५० रुपैयाँले बढेको हो । यससँगै आज चाँदी तोलामा ४७ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार चाँदी तोलामा ४६ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।

























