stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

५ वर्षभन्दा पुरानो नगद लाभांश बुझिलिन नविल बैंकको आग्रह

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । ५ वर्षभन्दा पुरानो नगद लाभांश बुझिलिन नविल बैंकले आफ्ना शेयरधनीहरुलाई आग्रह गरेको छ । यस बैंक (साविक युनाइटेड फाइनान्स र साविक नेपाल बङ्गलादेश बैंक लिमिटेड समेत) को ५ बर्ष भन्दा पहिले आर्थिक वर्ष २०७६/ ७७ मा सम्पन्न वार्षिक साधारणसभाबाट पारित भएको नगद लाभांश कतिपय शेयर धनीहरूले हालसम्म पनि बुझिलिन बाँकी रहेकोले उक्त लाभांश लिन आग्रह गरेको हो ।

कम्पनी ऐन, २०६३ को दफा १८२ बमोजिम सम्बन्धित शेयरधनी महानुभावहरूमा जानकारी गराउँदै यसरी नगद लाभांश बुझिलिन बाँकी रहेका शेयरधनीहरूले बैंकको शेयर रजिष्ट्रार नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेड, नक्साल, नारायणचौर, काठमाडौंमा यथाशिघ्र सम्पर्क गर्न आग्रह गरेको छ ।

साथै, सूचना प्रकाशित भएको मितिले महिनाभित्र आफ्नो बक्यौता नगद लाभांश बुझिलिन सूचित गर्दै तोकिएको अवधिभित्र बुझिलिन आग्रह गरेको छ ।

बैंकले तोकेको यस समयभित्र नगद लाभांश बुझन नआएमा सो रकम कम्पनी ऐन २०६३ को दफा १८३ बमोजिम स्थापना भएको “लगानीकर्ता संरक्षण कोष मा दाखिला र जम्मा हुने जनाएको छ ।

बैंकले शेयरधनीहरूले बुझिलिन बाँकी रहेको आर्थिक वर्ष २०७५/०७६ सम्मको नगद लाभांश लगानीकर्ता संरक्षण कोषमा दाखिला र जम्मा गरेको रकम समेत बैंकको शेयर रजिष्ट्रार मार्फत माग गर्न सकिने बताएको छ ।

prabhu mahalaxmi
kumari