stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

बजारमा आज पनि सुनचाँदीको मूल्य घट्यो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा सात हजार ८०० र चाँदी ११५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ९४ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ८९५ रुपैयाँ कायम भएको छ ।

हिजो बिहीबार एक तोला सुन तीन लाख दुई हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य पाँच हजार १० रुपैयाँ कायम भएको थियो ।

गत बुधबार छापावाल सुनको मोल प्रतितोला तीन लाख सात हजार ७०० र त्यति नै परिमाणको चाँदीको मूल्य पाँच हजार १५० रुपैयाँ कायम भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७०० र त्यति नै परिमाणको चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

prabhu mahalaxmi
kumari