stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

बजारमा आज सुनको भाउ तोलामा २० हजार ५ सय रुपैयाँले घट्यो

Nimb long ad
Prabhu Insurance Long Ad
national life

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ घटेको छ । दैनिक नयाँ रेकर्ड कायम गर्दै आइरहेको सुनको भाउ आज भने ओरालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २० हजार ५ सय रुपैयाँले घटेको हो ।

यससँगै प्रतितोला छापावाल सुन तोलामा ३ लाख १८ हजार ८ सय रुपैयाँमा कायम भएको छ। हिजो सुन तोलामा ३ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै,आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा ४४० रुपैयाँले घटेर तोलामा ७ हजार ६५ रुपैयाँमा कायम भएको छ। हिजो चाँदी तोलामा ७ हजार ५०५ रुपैयाँमा कारोबार भएको थियो।

prabhu mahalaxmi
kumari