विभागले एक फर्मलाई रु ५० हजार जरिवाना गर्यो
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई रु ५० हजार जरिवाना गरेको छ । विभागले गरेको अनुगमनको क्रममा कैफियत देखिएपछि विभागले खिलुङ्गा कालिका मार्केटिङ प्रा.लि. सूर्यविनायक–२ बालकोटलाई जरिवाना गरेको हो ।
उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार सो फर्मलाई कारबाही गरिएको विभागले जनाएको छ । विभागले थप १२ फर्मको स्थलगत अनुगमन गरेको थियो । विभिन्न फर्ममा अनुगमन तथा निरीक्षण गरी विभागले सुधारात्मक निर्देशन दिएको छ ।
विभागले नियमित रूपमा बजार अनुगमन गर्दै कानुन कार्यान्वयन गर्दै आएको छ । विभागले स्थानीय प्रशासन तथा उपभोक्ता अधिकारकर्मीको सहभागितामा अनुगमन गरिएको प्रष्ट पारेको छ ।




























