‘जुँगे काजी रम’ सार्वजनिक
काठमाडौं । जुँगे काजी रम नेपाली बजारमा सार्वजनिक गरिएको छ। पुस्तौंदेखि मौखिक रूपमा बाँच्दै आएको एक काजीको संघर्ष, कर्तव्यबोध र आत्मसम्मानको कथालाई केन्द्रमा राखेर तयार गरिएको यो रमले नेपाली इतिहासलाई फरक ढंगले प्रस्तुत गर्ने प्रयास गरेको उत्पादकले जनाएको छ।
इतिहासलाई नयाँ पुस्ताले पुनर्जीवित गर्दै जुँगे काजी रम सार्वजनिक गरिएको विज्ञप्तिमा उल्लेख छ । ‘यो केवल एक ब्रान्ड मात्र नभई नेपाली इतिहास, अटलता र कर्तव्यको कथालाई सम्झाउने सांस्कृतिक प्रतीकका रूपमा प्रस्तुत गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।



























