stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

काठमाडौँ र ललितपुरका चार वटा प्लास्टिक उद्योगलाई जरिबाना

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उभपोक्ता संरक्षण विभागको अनुगमन टोली बुधबार काठमाडौँ र ललितपुरका चार वटा प्लास्टिक उद्योगलाई जरिबाना गरेको छ ।

विभागको अनुगमन टोली दर्ता वा नवीकरण नभई वा तोकेको मापदण्डभन्दा कम गुणस्तरको प्लास्टिकको झोला बिक्री गरेको कसुरमा चार प्लास्टिक उद्योगलाई जरिबाना गरेको हो । विभागले मङ्गलबार पनि दुई त्यस्तै उद्योगलाई जरिबाना गरेको थियो ।

विभागका अनुसार काठमाडौँको प्रशन्ना प्लास्टिक उद्योग, विन्दवासिनी प्लास्टिक उद्योग, रामकृष्ण प्लास्टिक उद्योगलाई दुई/दुई लाख रुपियाँका दरले जरिबाना गरेको छ भने सङ्घाई प्लास्टिक उद्योगलाई ५० हजार रुपियाँ जरिबाना गरेको छ ।

विभागका निर्देशक भरतप्रसाद आचार्यले उपत्यकामा सञ्चालित प्लास्टिक उद्योगको अनुगमनका व्रmममा न्यूनतम मापदण्ड पूरा नगरेको उद्योगलाई कसुरका आधारमा जरिबाना गरेको जानकारी दिनुुभयो ।

यस्तै विभागले जरिबानामा परेका चार उद्योगसहित १४ वटा प्लास्टिक उद्योगको अनुगमन गरेर ४० माइव्रmोनभन्दा कमका प्लास्टिक झोला बिक्रीवितरण नगर्न निर्देशनसमेत दिएको छ ।

prabhu mahalaxmi
kumari bank
kumari