stcnepal long ad
global ime bank long

सौर्य विद्युत् उत्पादक सङ्घको अध्यक्षमा भरत कुमार मल्ल निर्वाचित 

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल सौर्य विद्युत् उत्पादक सङ्घको अध्यक्षमा भरत कुमार मल्ल निर्वाचित भएका छन् । राजधानीमा सम्पन्न सङ्घको २५औँ वार्षिक साधारणसभाबाट १६ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।

सङ्घको वरिष्ठ उपाध्यक्षमा दीपक गौतम, प्रथम उपाध्यक्षमा रामेश्वर वाग्ले, द्वितीय उपाध्यक्षमा सुदर्शन बानियाँ, महासचिवमा नेत्र बहादुर खत्री, सचिवमा केशवराज शर्मा र कोषाध्यक्षमा रामप्रसाद कोइराला निर्वाचित भएका छन् ।

यस्तै,सङ्घको सदस्यमा राजेन्द्रबहादुर खड्का,निस्था गौतम, विश्व शाह, कृष्णराज चुदाली,योगेन्द्रबहादुर श्रेष्ठ, दीपकराज पौडेल,तिलकलाल श्रेष्ठ,कुमार बस्नेत र सुबोध रिमाल निर्वाचित भएको निर्वाचन उपसमितिले जनाएको छ ।

राष्ट्रिय प्रसारण लाइन पुगे–नपुगेका, सुगम, दुर्गम, क्षेत्रमा घरेलु सौर्य विद्युत् प्रणालीलगायत स्वास्थ्य, शिक्षा, सिँचाइ, सञ्चार, खानेपानी क्षेत्रमा सौर्य ऊर्जाका माध्यमबाट विद्युतीकरण गरी सेवा पुर्‍याउन सङ्घले भूमिका  निर्वाह गर्दै आइरहेको नवनिर्वाचित द्वितीय उपाध्यक्ष सुदर्शन बानियाले जानकारी दिए ।

सौर्य ऊर्जा उत्पादनमा क्रियाशील संस्थालाई सङ्गठित गर्ने उद्देश्यले निजी क्षेत्रको प्रयासमा २०५७ साउन २० गते नेपाल सौर्य विद्युत् उत्पादक सङ्घ स्थापना भएको थियो । सङ्घमा हालसम्म १३८ उद्योग तथा कम्पनी आबद्ध छन् । सङ्घले यस वर्ष विविध कार्यक्रम गरी रजत जयन्ती मनाउँदै छ ।

IME Lifesidebar
kumari