stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

खानेपानी बोतलको लेबलमा उल्लेख अधिकतम खुद्रा मूल्य (एमआरपी) भन्दा बढी लिएमा कारबाही हुने

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खानेपानी बोतल (प्रोसेसिङ ड्रिङकिङ वाटर) को लेबलमा उल्लेख अधिकतम खुद्रा मूल्य (एमआरपी) भन्दा बढी लिएमा कारबाही हुने जनाएको छ ।

विभागले होटेल तथा रेस्टुराँले रेस्टुरेन्टमा राखिएका मेनुमा सिलबन्दी भएका बोतलमा उल्लेख गरिएको एमआरपीभन्दा बढी मूल्य उल्लेख गरेर लिने गरेको पाइएकाले अब त्यस्तो गरेको पाइएमा कारबाही हुने जनाएको हो ।

विभागले सोमबार विज्ञप्ति जारी गर्दै अधिकांश होटेल, रेस्टुराँले टेबुलमा राखेको मेनुमा बोतलमा उल्लेखित एमआरपीभन्दा बढी मूल्य नतिर्न आमउपभोक्तालाई समेत सचेत गराएको छ ।

बोतलमा उल्लेख गरेको मूल्यभन्दा बढी मूल्य लिएमा विभागमा मौखिक उजुरी गरे मात्रै पनि उपभोक्ता संरक्षण ऐन, २०७५ र नियमावली २०७६ अनुसार कारबाही हुने जनाएको छ ।

विभागका प्रवक्ता भरतप्रसाद आचार्यले विभागको टोलीले होटेल तथा रेस्टुराँले अनुगमनका क्रममा टेबलमा राखिएका मेनुको मूल्य र बोतलको मूल्य तुलना गर्दा दोब्बर बढी लिएको पाइएकाले अबदेखि यस्तो गर्न सबैमा आग्रह गरिएको जानकारी दिनुभयो ।

विभागका अनुसार काठमाडौँ उपत्यकामा बिक्री हुने एक लिटरको बोतल पानीको मूल्य १६ रुपियाँ तोकिएको छ । यी मूल्यभन्दा फरक पर्ने गरी होटेल तथा रेस्टुराँसँग सम्झौता गरी बढी मूल्यको एमआरपी राखेको भन्दै विभागले यसअघि पानी उत्पादक कम्पनीलाई सचेत गराएको थियो ।

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long