आज सुन मूल्य २ लाख २७ हजार रुपैयाँ
काठमाडौं । नेपाली बजारमा लगातार उकालो लागिरहेको सुनको मूल्य ओरालो लाग्न थालेको छ । आइतबार र सोमबार घटेको सुनको मूल्य आज मंगलबार पनि घटेको छ ।
आज छापावाल सुन २ हजार ९ सय रुपैयाँ घटेर २ लाख २७ हजार रुपैयाँ कायम भएको छ।
तिहार बिदापछि गत आइतबार मूल्य तोकिँदा सुन तोलामा ११ हजार ६ सय रुपैयाँ घटेको थियो । त्यसपछि सोमबार २ हजार घट्यो ।
सुनसँगै चाँदीको भाउ पनि घटिरहेको छ । आज चाँदी तोलामा ६० रुपैयाँ घटेर २ हजार ९ सय २० रुपैयाँ कायम भएको छ । हिजो २ हजार ९ सय ८० रुपैयाँमा कारोबार भएको थियो।


























