stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेपालमा सामसङ Galaxy Buds Coreसार्वजनिक – किफायती मूल्यमा प्रिमियम साउन्ड र ग्यालेक्सी एआई

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपालको अग्रणी प्रविधि ब्रान्ड सामसङले आफ्नो सबैभन्दा किफायती  वायरलेस इयरफोन, Galaxy Buds Core, नेपाली बजारमा सार्वजनिक गर्ने घोषणा गरेको छ।

जुलाई १ देखि उपलब्ध हुने यी बड्सहरू दैनिक उपयोगका लागि डिजाइन गरिएका छन्, जसले प्रिमियम फिचरहरू जस्तै उत्क्रिष्ट साउन्ड, एक्टिभ न्वाइज क्यान्सिलेसन (ANC),र ग्यालेक्सी एआईको इन्टरप्रिटर मात्र रु ७,३९९ को किफायती मूल्यमा उपलब्ध गराएको छ ।

कालो र सेतो रंगमा उपलब्ध Galaxy Buds Core नेपालभर सामसङका आधिकारिक बिक्रेताहरू बाट बिक्री हुनेछ।
कम्प्याक्ट  शक्तिशाली  स्मार्ट
Galaxy Buds Core ले डायनामिक ड्राइभरहरूको प्रयोग गरी deep immersive साउन्ड तथा शक्तिशाली bass प्रदान गर्दछ ।

ANC र कल न्वाइज रिडक्सनको साथमा, प्रयोगकर्ताहरूले धेरै हल्ला भएको ठाउँमा पनि स्पष्ट सँग कुरा गर्न सक्छन् । तीनवटा माइक प्रणालीले उत्कृष्ट भोकल स्पष्टता सुनिश्चित गर्छ, जसले यी इयरबड्सलाई फोन कल, संगीत, वा मिटिङका लागि एक्दम उपयुक्त बनाउँछ।

प्रत्येक इयरबडमा सुरक्षित र सहज विङटिप्स छन्, जसले कठिन गतिविधिहरूको क्रममा पनि आरामदायी महसुस गराउँछ।

ग्यालेक्सी एआई इन्टरप्रिटर – तपाईँको कानमा रियल–टाइम अनुवाद
यसको प्रमुख फिचरहरू मध्ये एक हो Galaxy AI इन्टरप्रिटर, जसले आमने सामने कुराकानीको क्रममा दुईतर्फी रियल(टाइम अनुवाद प्रदान गर्छ। तपाईं आफ्नै भाषामा बोल्नुहोस्, र इयरबड्सले त्यसलाई तुरुन्तै अनुवादित उत्तर प्रदान गर्नेछ ।

दैनिक जीवनका लागि सुविधा सम्पन्न
● संगीत, कल, र भ्वाइस असिस्टेन्टका लागि टच कन्ट्रोल

● उपकरणहरूबीच सजिलै स्विच गर्नको लागि अटो स्विच र मल्टि(डिभाइस कनेक्टिभिटी

● सामसङ फाइन्ड एप मार्फत फाइन्ड माई इयरबड्स

● IP54 रेटिंगका साथ पानी र धुलो प्रतिरोधी

● स्थिर र छिटो कनेक्टिभिटीको लागि ब्लुटुथ ५.४

● चार्जिङ केससहित ३५ घण्टासम्मको ब्याट्री लाईफ (ANC को साथमा २० घण्टा_

Galaxy Buds Core ले दैनिक उपयोगिता र नवीनताको मिश्रण गर्दै, उच्चतम् विशेषताहरूलाई किफायती मूल्यमा उपलब्ध गराउँछ।

IME Lifesidebar
prabhu mahalaxmi
kumari