आज मंगलबार सुन र चाँदी दुवैको भाउ घट्यो

काठमाडौं । आज मंगलबार सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला २०० रुपैयाँले घटेर १ लाख ९० हजार ९०० रुपैयाँ कायम भएको छ ।
यसअघि, सोमबार छापावाल सुन तोलाको १ लाख ९१ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।यता, मंगलबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १९ सय ९५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ प्रतितोला २ हजार ५ रुपैयाँ रहेको थियो ।