आज बजारमा सुनको मूल्य ५ सयले बढ्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । साताको चौथो कारोबार दिन सुन आज तोलामा ५ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
जस अनुसार बुधबार छापावाल सुन तोलामा १ लाख ८५ हजार ३०० रुपैयाँ कायम भएको छ ।यस अघि मंगलबार छापावाल सुन तोलामा १ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको भएको थियो ।
यसैबीच चाँदीको मूल्य तोलामा १० रूपैँयाले घटेको छ । मंगलबार तोलामा १ हजार ९ सय ७० रूपैँया कायम भएको चाँदी बुधबार १ हजार ९ सय ७० रूपैँया कायम भएको महासंघले जनाएको छ ।