बजारमा आईतबार सुनको मूल्य घट्यो

काठमाडौँ । नेपाली बजारमा आईतबार सुनको मूल्य घटेको छ । साताको पिहलो कारोबार दिन सुन आज तोलामा ३०० ले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
जसअनुसार आईतबार छापावाल सुन तोलामा १ लाख ९० हजार ३०० रुपैयाँ कायम भएको छ ।यसअघि शुक्रबार छापावाल सुन तोलामा १ लाख ९० हजार ८०० रुपैयाँ कायम भएको भएको थियो ।
यसैबीच चाँदीको मूल्य तोलामा १० रूपैँयाले बढेको छ । शुक्रबार तोलामा १ हजार ९ सय ५५ रूपैँया कायम भएको चाँदी आईतबार १ हजार ९ सय ७० रूपैँया कायम भएको महासंघले जनाएको छ ।