आज आइतबार बजारमा सुन चाँदीको भाउ ४ सय रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा आज आइतबार सुन चाँदीको भाउ सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४ सय रुपैयाँले घटेको हो।
योसँगै प्रतितोला छापावाल सुन १ लाख ७४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुन १ लाख ७४ हजार ५ सय रुपैयाँमामा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि ५ रुपैयाँले घटेको छ । यससँगै आज चाँदी तोलामा २ हजार ४५ रुपैयाँमा कायम भएको छ। गत शुक्रबार चाँदीको भाउ तोलामा २ हजार ५० रुपैयाँमा कारोबार भएको थियो।